गृहपृष्ठसमाचारमहत्वपूर्ण समाचार

बुधवार थप ५ ,७४३ जनामा कोरोना भाइरस को संक्रमण

काठमाडौं ५ कात्तिक।

बुधवार  थप ५ ,७४३ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ ।

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा २१५१ महिला र ३५९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा कोरोना संक्रमण देखिए यता एकै दिनमा पुष्टि भएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये ७९१ जनाको मृत्यु भएको छ भने ९९ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् ।नेपालभरी  ४४ हजार ४७६ संक्रिय संक्रमित  रहेका छन् । आज  मात्र २९९६ जना संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ  ।

काठमाडौं उपत्यकामा मात्र ३१०७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छन् ।