गृहपृष्ठसमाचारसमाजमहत्वपूर्ण समाचार

केराउ तस्करहरुको गाडी रोकेकै कारण असई र जवानको घाटी रेटी हत्या !

४ कार्तिक काठमाडौँ ।
केराउ तस्करी गर्ने समूहको गाडी रोकिएकै कारण धनगढीमा प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्या गरेको खुलासा भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १२ जुगेडाकोे अस्थायी प्रहरी विट जुगेडामा बिक असई भइ कार्यभार सम्हालेको धेरै समय भएको थिएन । कामको जिम्मेवारी शुरु भएदेखी नै तस्करहरुको निद हराम गरेको कारण उनलाई कालोबजारी तथा अपराधीहरुले आँखाको तगारो बनाएका थिए । जसका कारण उनीहरुले जीवन नै गुमाउनु पर्याे । हत्या गरिएकामध्ये असई विकको आइतबार र जवान साउदको मंगलबार मोहना नदीमा गाडिएको अवस्थामा शव भेटिएको थियो।


नेपाल भारत सीमाको मोहना नदीनजिकै उनीहरू दुवैलाई तस्करले मध्यरातमा हत्या गरेको पत्ता लागेको हो । मध्यरातमा उनीहरुको गाडा प्रहरीले समातेपछि खुर्पा प्रयोग गरेर दुवैजनाको घाँटी रेटिएको पत्ता लागेको छ । उनी दुवैलाई यति चाँडै आक्रमण गरियो कि, उनीहरुले आफु सँग भएको बन्दुक पनि निकाल्न सकेनन् । उक्त घटनामा संलग्न भएका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसबारेमा प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरी जानकारी गराउँदै छ ।
नेपाल भारत सीमा क्षेत्र रहेको कारण यस क्षेत्रबाट तस्करीका घटना अत्याधिक हुने गरेको प्रहरीले बताउने गरेको छ ।