गृहपृष्ठसमाचारमहत्वपूर्ण समाचार

थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि

४ कार्तिक, काठमाडौँ । मंगलबार नेपालमा ३०९३ जनामा कोरोना संक्रमण भएकोे छ । १३ हजार ८ सय परिक्षण गर्दा सो मात्रामा संक्रमित भेटिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ।  यसैगरी २१०८ जना निको भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ।
काठमाडौँ उपत्यकामा १७०२ जनामा कोरोना देखिएको छ । जसमध्ये काठमाडौँ  जिल्लामा १४३१, भक्तपुरमा १४८ , र ललितपुरमा १२३ रहेका छन् ।

हाल ४२२० जना क्वारेन्टीनमा रहेका छन् । सक्रिय संक्रमितहरु ४१ हजार ७७५ जना रहेका छन् । थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ।