समाचार

नेपालगन्जमा प्रहरी महाअभियान: लागुऔषध नियन्त्रण

बाँके, १२ असोज ।
बाँकेमा लागुऔषध दुव्र्यसन निस्तेज महाअभियान शुरु गरिएको छ । आज नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बाट उक्त अभियान शुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना, नेपालगञ्ज उमपहानगरपालिकाका विभिन्न वडाको सहकार्य र वडा प्रहरी कार्यालयको समन्वयमा महाअभियान शुरु गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो । “जिल्लामा लागुपदार्थ नियन्त्रण दिन प्रतिदिन चुनौतिपूर्ण बन्दै गएको र यसको कुलतमा बालबालिका फस्दै गएको अवस्थालाई दुष्टिगत गरी नियन्त्रणको महाअभियान सञ्चालन गरिएको हो”, बाँके प्रहरी प्रमुख रानाले भन्नुभयो । दुव्र्यसनबाट बालबालिकालाई जोगाउन अभिभावकहरुलाई निगरानीकर्ताको जिम्मेवारीसमेत दिइएको बताउदै उहाँले यो महाअभियानमा सबै पक्षसँग साझेदारी र समन्वय गरिएको छ भन्नुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार, बाँकेका ८० प्रतिशत लागुऔषध कारोवारी र दुव्र्यसनीका कारण नै चोरी, डाँका, लुटपाट, झैझगडाका अधिकांश घटना हुने गरेको छ ।