समाचारमहत्वपूर्ण समाचार

गोदाममा आगलागी : ५० लाख बराबरको क्षती

मकवानपुर, १२ असोज – हेटौंडा उपमहानगरपालिका-८ स्थित महाशक्ति सोप साबुन फ्याक्ट्रीको कार्टुन गोदाममा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा कार्टुन, रेपर र केमिकल समेत जलेर करिब ५० लाख रुपैयाँ मुल्य बराबरको धनमाल नष्ट भएको छ ।

दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।