समाचार

पीसीआर परीक्षण गर्दा सास्ती भयो : सेवाग्राही

९ असोज, काठमाडौँ । आफु  सङ्क्रमण भए/नभएको पत्ता लगाउन पीसीआर परीक्षण गर्न आउने सेवाग्राहीहरुले उक्त स्थानमा अझ बढी सङ्क्रमणको खतरा त्यहाँ पनि कायमै रहेको र व्यवस्थापन पक्षले खासै व्यवस्थित नगरिदिँदा सेवाग्राही आक्रोसित भएका छन् ।

लक्षण नै नदेखिएका मानिसमा कोरोनाभाइरस परीक्षण नगर्नु भन्ने सरकारी आदेशलाई वास्ता नगरी घरवेटीहरूले पिसिआर परीक्षण अनिवार्य जस्तो गराएका कारण पनि सरकारी परीक्षण केन्द्रहरुमा परीक्षण गराउनेहरुको भिंड ह्वात्तै बढेको छ ।

सरकारले जारी गरेको नियम र परीक्षण गर्ने अस्पतालहरुबीच तालमेल नमिल्दा पनि सेवाग्राहीहरु थप जोखिममा पर्ने डर उत्तिकै रहेको चिन्ता व्यक्त गरेका छन् ।

परीक्षणका लागि आउनेहरु त्यहाँ खटिएका स्वास्थ्यकर्मीहरुले नै विशेष व्यवस्था लागू गरेर लाममा बसेकाहरुबीच न्यूनतम दूरी कायम गर्नुपर्ने गुनासो गरेका छन् ।

सेवाग्राहीहरुलाई टोकनको व्यवस्था अनिवार्य लागू गरेर परीक्षण कार्य सहज र सुरक्षित बनाउन उक्त कार्यका लागि खटिएका स्वास्थ्यकर्मी एवं स्वयंसेवकहरूले ध्यान पुर्याउन सेवाग्राहीहरुले अनुरोध गरेका छन् ।