गृहपृष्ठसमाचारमहत्वपूर्ण समाचार

कुन जिल्लामा कति संक्रमित थपिए ?

९ असोज काठमाडौँ ।
शुक्रवार नेपालमा कोरोना भाइरसका १३१३ जना नया संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले गरेको नियमित पत्रकार सम्मेलनमा १४५५ जना निको भएको जानकारी गराइएको छ । त्यसैगरी २४ घण्टाको अवधिमा ६ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । त्यसैगरी ५१ हजार ८६६ जना निको भएका छन् । त्यस्तै ४५९ जनाको निधन भएको छ । हाल देशभर ६४६४ जना क्वारेन्टीनमा रहेका छन् भने १८ हजार २८९ जना आइसोलेसनमा रहेका छन् । हिजो मात्रै नेपालमा १७ जनाको निधन भएको पुष्टि भएको थियो भने १४९७ जना विरामी हरु थपिएका थिए ।
यसैगरी काठमाडौँ उपत्यकामा ६४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ५०३ जना, ललितपुरमा ९१ जना तथा भक्तपूरमा ५१ जनामा कोरोना देखिएको हो ।

हेरौ कुन जिल्लामा कति संक्रमित थपिए