समाचारविश्व

हङकङ्ग प्रजातान्त्रिक अभियन्ता वोङ्ग गिरफ्तार

हङकङ्ग ।

प्रजातन्त्रको पक्षमा वकालत गरिरहेका प्रखर प्रजातान्त्रिक अभियन्ता जोशुआ वोङ्गलाई हङकङ्ग प्रहरीले बिहिबार गिरफ्तार गरेको छ । उनी लगाएत २ जनालाई गत अक्टोबर ५ २०१९ मा सरकार विरोधी सभामा भाग लिएको तथा हङकङ्ग प्रशासनको मास्क विरोधी कानुन उलङ्घन गरेकोे आरोपमा गिरफ्तार गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।

वोङ्गको पछिल्लो गिरफ्तारीले हङकङ्ग प्रशासनमाथि लाग्दै आएको प्रजातन्त्र विरोधी एवं गैर असम्बैधानिक कार्य गरिरहेको भन्ने विपक्षीको आरोपलाई थप पुष्टि गरेको बताइन्छ । साथै गत ३० जुनमा चीन सरकारले हङकङ्गमा लागु गरेको राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन गरेको विपक्षहरुको आरोप छ जसलाई हङकङ्गमा प्रजातन्त्रको माग गर्नेहरुले अस्वकार गर्दै आएका छन् ।

बेलायतले भने यो गिरफ्तारीको विरोध गर्दै हङकङ्ग चीनलाई हस्तान्तरण गर्दा बेलायत र चीनले जारी गरेको संयुक्त घोषणापत्रमा हस्ताक्षरकर्ताको हैसियतमा हङकङ्गमा प्रजातन्त्र वहाली गर्न आग्रह गरेको छ ।

बेलायतका विदेश सचिव डोमिनिक राबले आफ्नो ट्वीटमा भनेका छन्–“हङकङ्गका अधिकारीले प्रजातन्त्रको माग गर्ने कार्यकर्तामाथि निशाना बनाइरहेको यो अर्को उदाहरण हो, यसबाट हामीलाई थप चिन्तित बनाएको छ ।”

उनले यो पनि भनेका छन् की “हङकङ्ग प्रशासनको यो कदम बेलायतले हङकङ्ग चीनलाई हस्तान्तरण गर्दा दुबै देशले हस्ताक्षर गरेको संयुक्त घोषणा पत्रमा हङकङ्गका जनताको अधिकार र स्वतन्त्रतामा आँच नपु¥याउने प्रतिवद्धताको विपरित हो र चीनले हङकङ्गमाथी अनावश्यक हस्ताक्षेप गरेको छ ।”

उता हङकङ्ग प्रशासनले भने वोङ्ग बारम्बार अमेरिकाको भ्रमण गरेको र विदेशी सक्तिलाई आफ्नो आन्दोलनमा सहयोग गर्न आग्रह गरेको तथा उनको विदेशी सेनासँग निकटता रहेको समेत आरोप लगाएको छ ।२३ वर्षका वोङ्ग हङकङ्गको प्रजातान्त्रिक आन्दोलनका टाइकुन मानिन्छन् ।

–रोयटर्स