आर्थिक

यस्तो छ आजको सुनचाँदीको भाउ

 ३१ भदौ, काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य घटबढ भएको छैन् । महिनाको अन्तिम दिन आज सुन हिजोकै दररेटमा कारोबार हुने नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ । यस दिन छापावाला सुन ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी बुधबार चाँदी पनि मंगलबारकै मूल्यमा खरिदबिक्री भइरहेको छ । यसदिन चाँदीको भाउ एक हजार ३४० रुपैयाँ तोकिएको छ । अन्तराष्ट्रिय बजारमा भने बुधबार यस बजारमा सुन प्रति अउन्स एक हजार ९६२ डलर र चाँदी प्रति अउन्स २७ डलर भन्दा बढिमा किनबेच भइरहेको छ । सुनको मूल्य घटबढ भइरहेको भएपनि हाल बजारमा सुनको कारोबार निकै सुस्त रहेको व्यवसायीहरुले बताएका छन् ।