आर्थिक

सुनको मुल्य बढ्यो

काठमाडौँ । आइतबार स्थिर रहेको सुन तथा चाँदीको मूल्य सोमबार भने बढेको छ । आइतवार ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ९६ हजार ९ सय तोकिएको छ । यसरी तोलामा ४ सय रुपैयाले सुनको मूल्य बढेको हो । तेजाबी सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी चाँदीको भाउ पनि सोमबार प्रतितोला एक हजार ३२० रुपैयाँ खरिदबिक्रीकालागि निर्धारण गरिएको छ । आइतवार चाँदीको मूल्य १३१० रुपैया प्रतितोला रहेको थियो ।

पछिल्लो समय सुन चाँदीको मूल्यमा अस्थिरता देखिएको छ। भदौ महिना लागेसँगै सुनको मूल्यमा निकै उतारचढाव देखिएको हो। यस हिसाबले भदौ महिनामा मात्र सुनमा ५ हजार बराबरको भिन्नता देख्न सकिन्छ। मूल्यय घटबढ भइरहेपनि बजारमा सुनको कारोबार भने छैन । जसको कारण व्यापारीहरु निराश छन् ।