राजनीति

रेशम चौधरी लाई रिहा गर्न जसपाको माग

२८ भदौ,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले रेशम चौधरी को रिहाइको मुद्दा फेरि उठाएको छ । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै रेशम चौधरीलाई यथाशिघ्र रिहाइ गर्न माग गरेका हुन् ।

मधेस–थरुहट आन्दोलनमा सहभागि भएका नेता कार्यकर्तामाथि सरकारले मुद्दा चलाउने, धन सम्पत्ति रोक्का गर्ने र थुनामा राख्ने कार्य अझै जारी रहेको भन्दै जसपाले यसलाई बन्द गर्न माग गरेको छ ।

‘टीकापुर नरसंहारका प्रमुख दोषीका रुपमा हाल जेलमा रहेका जसपाका सांसद रेशम चौधरीसहित नेता–कार्यकर्तामाथि सरकारले लगाएका मुद्दा खारेज गरी उनलाई यथाशिघ्र रिहाइ गरिनुपर्दछ,’ जसपाले भनेको छ ।