मनोरन्जन

गायक दम्पति प्रेमराजा र कविता महतको स्वास्थ्यलाभको कामना गर्दै कलाकारहरुले बनाए गीत

गुल्मी, भदौ १८ । वरिष्ठ लोक गायक प्रेम राजा महत र धर्मपत्नी कविता महत कोरोना भाइरस संक्रमित भएको खबर पाएपछि कलाकारहरुले मिलेर उनीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै गीत सार्वजनिक गरेका छन्। उक्त गीतमा पूर्ण रुपमा स्वस्थ र तन्दुरुस्त हुनको नम्ती शुभकामना दिइएको छ । यो गीत बनाउनुको उद्देश्य माथि प्रकाश पार्दै यस शुभकामना गीतको शब्द सिर्जना गरेका बैकुण्ठ रायमाझीले यो गीतले उनीहरुलाई रोग विरुद्ध लड्न शक्ति वा आत्मबल प्रदान गर्ने आशा राखेको बताए । “अग्रज स्रष्टाहरुलाई सम्मान र माया प्रकट गर्ने नयाँ शैलीको विकास होस् भन्ने उद्देश्य पनि हो।” उनले भने ।

महत नेपाली लोक संगीत क्षेत्रका हस्ती मानिन्छन् । उनले रेडियो नेपालमा लोक गीत प्रबन्धकको जिम्मेवारी सम्हालिसकेका छन् र हाल अमेरिकामा बस्दै आइरहेका छन् भने उनले महावाणिज्य दूतावासमा अवैतनिक दूतको जिम्मेवारी समेत सम्हालिसकेका छन् । उक्त गीत निर्र्माणमा सल्लाहकारको रुपमा नारायण रायमाझीले साथ दिएका छन भने रामचन्द्र चन्द र कमला पोख्रेलको स्वर रहेको छ । शब्द र संगीत भने बैकुण्ठ रायमाझीले गरेका हुन् ।
हेरौ उक्त गीत युट्युबमा ।