गृहपृष्ठसमाचारराजनीतिविचार

कोराना संवादः चासो, चिन्ता र सोच

कोरोनाकालमा नित्यकर्म फेरिए । हरेकदिन विहानैदेखी समाचार अपडेट सहितै संसारभर छरिएका आफन्त, मित्र, जोडिदार र प्रियसीसंग अभिवादन साटासाटगर्ने नित्यकृया बने । संसारभर विहान एकैसमय हुँदैन्–जव जागा, तव सवेरा’ । हामी अब कोरोनाबाट मुक्ति हैन यससंगसंगै जीवन वाच्न अभ्यस्त हुँनुपर्छ । हामीसंग आफ्नै शरीरमा रहने अंसख्य भाईरस जस्तै यो थप एक हो ।
युद्द र माहामारीकालमा व्यस्त हुँन सकेमात्र डिप्रेसबाट जोगिन सकिन्छ । अहिले सूचनाप्रविधी र सामाजिक सञ्जाल विचारको आदानप्रदान मात्र नभै ईच्छा लाग्दो सामाग्री र सम्पर्क माध्यामबन्दै ओषती समेत हुँदैछ । छापा संस्करण मिडियाबाट ठाढाछु । अनलाइन सूचनाका श्रोत हुँन । तर, समाचार आपसमै घमासान लडाँइमा भिडिरहेका वेला सही सूचना पहिल्याउन र भीडबाट जोगिने मिडियाचेत आवस्यक पर्छ भन्दै आएको हुँः अहिले सूचना, कूसूचना , भ्रमित सूचना र प्रायोजीत सूचना आफैँ भिडन्तमा छन् । सामान्यजनले समाचार, विज्ञापन, चाकरी र मिडिया म्यानेज छुटयाउनै सक्दैनन् । एकातर्फ करपोरेट मिडियाबाट वाक्क भएका वा सूचना संवेदनशीलहरु नयाँ मिडियासंग (अनलाइन) जोडिएका छन् अर्कातर्फ अनलाईनको माहासागरमा उत्तम माध्याम पहिल्याउनु पनि त्यतिकै कठिन हुँदैछ ।
आजको गुडमर्नग समकालीन इतिहासकार हरि गौतमसंग नमस्ते साटासाटसंगै भयो । उनी ‘गंगालाल’ र ‘नेपाली क्रान्ति र गणेशमान सिह’सहित अन्य ५ गम्भीर कृतिका कृतिकार हुँन । ती पुस्तकमा समकालीन नेपाल पाइन्छ । इतिहासबारे आफ्ना धारणा त्रिलाल (कृष्णलाल, गंगालाल, पुष्पलाल) जन्मथलो रामेछाप, भंगेरी यात्रामा साटासाट गरेका थियौँ । संसारभर इतिहास र सोच ब्यबस्थापन सवभन्दा ठूलो खेल हो ।

संवादको मूख्य अंश

गौतम–दस हजार बर्ष पुरानो विचारले देश चल्छ ? २ सय बर्षको बिचारको त काम छैन, कि कसो होला ?
–इतिहास र सोच ब्यबस्थापन समाजलाई हितअनुसार भूमिकामा उर्ताने ठूलो शक्ति खेल हुँनेँ गर्छन् । हिजोका सकार र नकार शिक्षादिँदै वर्तमानलाई सम्बृद्द र भविश्यको मार्गदर्शन गर्छ । तर भीडमै शक्ति खोज्ने शासकहरु स्वयम् भने इतिहासकालाई आलोचनात्मक चेत अनुसार न पढ्छन् न जनतालाई हौस्याउँछन् नै । समय र समाज भने इतिहासपथ भएर गुज्रिन्छ ।
–हामी ओल्ड इज गोल्ड मान्ने सोच र विश्वासले हाँकिएका हुन्छौ । जीवन र जगतलाइ नियाल्ने हाम्रा आफ्नै मानक छन् । सुन्दर र कुरूपताका सत्यवोध र विश्लेषणका चश्मा अनुसार हुन्छ । भविश्य चुनौतिपूर्ण, वर्तामानमा छटपटि ! त्यसैले विगतमै समस्याको हल खोजिन्छ । इतिहास त वर्तमानको दिशा निर्देशक मात्र हो । अचाक्ली भएपछि बिद्रोहको विस्फोट हुन्छ । शासन उम्दा उत्रिन नसक्दा यहाँमा आएको कतै यो विरक्ति त हैन ? हामी आफैँले मानेका, स्वीकारेका विश्वासले नै हाँकिएका हुन्छौ । जव त्यसमा फेरी समीक्षा गर्नु पर्ने वेला आँउछ तव हामी तिलमिलाँउछौ । सुविधा अनुसारका सत्य हुन्छन भने नितान्त नयाँ विषय पहिला हामी पत्याउदैनौ, क्रमस: त्यसलाई स्वीर्कादै जान्छौँ, जव त्यो हाम्रा स्वत्वमाथी नै फेरी प्रहार गर्न थाल्छ, तव तिलमिलाउंछौ । अन्धविश्वास बनेका हाम्रा विश्वास टुटन ठूलै महामारी वा महायुद्द नै हुँनुपर्छ ।
गौतमः यी बनिएका हथकन्डा शासनको सजिलोका लागि बनिएका त हुन नि ! जाल हुन्, जाल ।
– इतिहास न, त चिहानघारीको यात्रा हो, न मुर्दाका कथा ।’ अझ दागिस्स्तान कबि अवूतालिव–जस्ले इतिहासलाई पेस्तोलले हान्छ, उस्को भविस्यलाई तोपले छियाछिया पार्छ ।’ भन्छन् । तर इतिहास शिक्षा र सन्देश हो । हरेक समयले अतिसंग पौठाजोरी खेल्दैजान्छ र त्यसैको गर्भबाट नयाँ समाज जन्मिन्छ । नेपाली इतिहासको क्रमभंगकालका उत्तम दुईकृति ‘गंगालाल’ र ‘नेपाली क्रान्ति र गणेशमान सिह’ त्यसैका प्रतिनिधित्व गर्छन भन्ने लाग्छ ।
गौतमः यी बनिएका हथकन्डा शासनको सजिलोका लागि बनिएका त हुन नि ! जाल हुन्, जाल ।
– सवाल्टर्न इतिहासका निर्माता त हुँन्, तर उनलाई योजनावद्द खारेज गरिन्छ । समाजका, आन्दोलनका, राजनीतिका आ-आफनै नायक हुन्छन् । कालान्तरमा ती प्रतिक बनेर मानसिक शक्तिश्रोतमा फेरिन्छन । चिहानबाट ब्यूझिन्छन्, कुर्लिन्छन र ललर्काछन् । हामी ओल्ड इज गोल्ड मान्ने सोच र विश्वासले हाँकिएका हुन्छौ । जीवन र जगतलाई नियाल्ने हाम्रा आफ्नै मानक छन् । सुन्दर र कुरूपताका सत्यवोध र विश्लेषणका चश्मा अनुसार हुन्छ । भविस्य चुनौतिपूर्ण, वतर्मानमा छटपटि ? त्यसैले विगतमै समस्याको हल खोजिन्छ । इतिहास त वर्तमानको दिशा निर्देशक मात्र हो । अचाक्ली भएपछि बिद्रोहको विस्फोट हुन्छ । शासन उम्दा उत्रिन नसक्दाको परिणाम हो । विश्वासले हाँकिएका हुन्छौ ।
(बहसमा पात्र फेरिँदैजान्छन्, संवाद अघी बढदैजान्छ, मिस लाराले नेपालबाट पाताल फेरिने वित्तिकै नाम पनि फेरिछन । तर, हिजोको राजनीतिक धगधगी र प्रतिवद्दता भने वाकीँ नै रहेछ । प्रवासी संगठनकी नेत्री पनि बनिछन् । ‘नेपालीले मौका पाउनु पर्छ देखाईहाल्छ’ । उत्तेजीत पार्न हो या माउपार्टीको पक्षमा हो पररर गोली छोडि हालीन् ।
– लाराः यो कुण्ठाले तपाईलाई कता पु¥याउला ? के कम्युनिष्ट सत्ताको विरुद्दनै किन खनिनुहुन्छ ? धर्ममा विरोध, पार्टीमा विरोध, हिजोका सहयोद्दामा विरोध । आखिर तपाइले खोजेको केहो ? उदारवादी बन्नुस्, सकरात्मक सोच राख्नुस् ।
–‘सत्य बोल्नु आफ्नु समयको सवभन्दा ठूलो क्रान्तिकारिता हो’ । जव बोल्नुपर्ने बोल्दैनन् तव ज्यानभएकाहरु चुप्पी संस्कृति विषयमा बोल्नुपर्छ । हाम्रा विश्वास अन्धभक्तिमा फेरिएपछि रुप र आकारमा वस्तुपनि फेरिन्छ । जस्लाई उदारवाद र कम्युनिष्ट भन्नु हुन्छ, मेरो अध्ययनले अभ्यास र भूमिकामा ती तपाईका मान्यता अनुसार देखिँदैनन् । जे छैन, त्यसैको नाम लिनु त महापराध हो र त्यसलाई अझ स्तुति गर्नु त कार्यकर्ता हैन् मतियार हुँनु हो । मान्छे, पार्टी त्यही भए पनि उनीहरु पहिलाका मान्यता, भूमिका,सोच र अभ्यासमा छैनन्, वर्गसिफ्ट भएकाले चिन्तन फेरिए । तर, लोकपृय नाम ट्रेडमार्क बनेकाले फेर्न चहाँदैनन् । चुनावमा नाम र नाराको महत्व हुन्छ, चरित्रको हैन् ।
उदारवाद सधैँ आर्दशवादी चरित्रमा टिकिरहँदैन् । वर्चश्वशाली समूहले या त पचाईदिन्छ या सित्ताभित्रका अन्तरद्धन्दलाई थेग्न नसकेर आफैँ अनुदारवादी बन्न पुग्छ । संसदिय ब्यवस्थामा शक्तिको चेक एड ब्यालेन्स गर्न कार्यपालिका, ब्यस्थापिका र न्यायपालिका भएता पनि राजनीतिमा निगमीकरणहुँदै गएपछि तिनैअंगमा भ्रष्टतन्त्र (क्लेप्टोक्रेसी) हावी हुँदैगयो । भ्रष्टाचार आर्थिक लेनदेनमा मात्रै हुँदैन् । तव अदालत भ्रष्टताको दाग धुँने ड्राइकिल्नर्स बन्न पुग्यो । सत्ताको एउटा हिस्सा मात्र अदालत हो । सत्ताका नाङ्गाचरित्र अदालती फैसलामा देख्न सकिन्छ । सरकारको प्रभाव र दवावलाई अन्य दुईअंगले थेग्न सक्दैन् । गढेको मुर्दा चिहानबाट निकालेपछि ‘प्रेत’ त जाग्छनै । तव चिहान खन्नेनै शिकार बन्न पुगेपछि रन्थनिदै प्रतिसोधमा उत्रिन्छन् । अदालत र कानुनमै टेकेर सर्वोच्च कार्यकारी सकृय हुन्छ ।