गृहपृष्ठसमाचारराजनीतिविचारमहत्वपूर्ण समाचार

नेपालमा चीनको सक्रिय (राज !)नीति

वर्तमान चीनको निरन्तर बढ्दो शक्तिको प्रभाव विश्वव्यापी रुपमा फैलिदो छ । नजिकको छिमेकी भएका नाताले चीनको बढ्दो शक्तिको प्रभावबाट नेपाल अछुतो रहन सक्दैन । नेपाल चीन र भारतका बीचमा रहेको एउटा बफर राज्यका रुपमा रहेको छ । दुई शक्ति राष्ट्रको बीचमा रहेर नेपालले विगतमा चीन र भारत दुवै राष्ट्रका तनावलाई कम गर्ने सेतुको भूमिका खेलेको इतिहास छ । चीनको बढ्दो प्रभाव दबावलाई भारतमा पर्न नदिने र भारतको हैकमवादी नीति र उसको चीन विरोधी मनोविज्ञानबाट उत्पन्न हुन सक्ने तनावलाई कम गर्न नेपाल महत्वपूर्ण भूमिका खेल्दै आएको छ । अर्थात् नेपालले ऐतिहासिक कालदेखि नै आफ्नो तटस्थ परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । अर्थात भारतसँग टाँसिएर चीन विरुद्ध लाग्ने वा चीनको दबाव र प्रभावमा परेर भारत विरुद्ध खनिने दुष्प्रयास नेपालले कहिल्यै गरेन । नेपाललाई यी दुवै राष्ट्रले आफ्नो मुठ्ठीमा पारेर एकले अर्काका विरुद्ध प्रयोग गर्ने होडबाजी निरन्तर जारी राखेका छन् ।तर नेपाल यस प्रकारका अव्यवहारिक होडबाजीबाट टाढा रहँदै आएको छ । नेपालको यही तटस्थ नीतिकै कारण उसले आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा ग र्न सफल भएको छ । नेपालप्रति चीनको मुख्य चासो भनेको नेपाल कहिल्यै पनि चीन विरोधी विदेशी गठबन्धनमा फसेर (बेलायत, अमेरिका, भारत, युरोपको गठबन्धन) चीन विरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदेओस् भन्ने नै देखिन्छ । आफ्ना विरुद्ध विभिन्न शक्ति केन्द्रले नेपाललाई दिने दबाव चलखेललाई चीनले नजिकबाट प्रत्यक्ष चासोका साथ हेर्ने गरेको छ । नेपालमा चीनले विश्वास गर्दै आएको स्थायी शक्ति राजतन्त्रको अन्त्यपछि नेपालमा बदलिएको राजनीतिक संरचनाले चीनलाई गम्भीर बनाएको देखिन्छ । नेपालमा चीन विरोधी शक्तिका विरुद्ध निरन्तर जुध्दै चीनलाई साथ दिँदै आएको शक्ति भनेको राजतन्त्र हो भन्ने भ्रमका कारण चीनले विगतमा यहाँका राजनीतिक दलहरुलाई त्यति विश्वास ग र्न सकेन । बदलिएको राजनीतिक परिस्थितिसँगै चीनले नेपालका मूल धारका राजनीतिक दलहरुलाई विश्वास गरेर अगाडि बढिरहेको छ । गणतन्त्र स्थापनासँगै चीनले नेपालप्रति राख्दै आएको नीतिमा व्यापक फेरबदल गरी नेपालप्रति उसको सक्रिय नीति रहेको प्रष्ट हुन्छ । लामो समयसम्म एशियामा सुतेको बाघ झैं मानिएको चीन अब सक्रिय नेतृत्वदायी विदेश नीति अपनाएर एशिया लगायत विश्वलाई नै आफ्नो प्रभावमा राख्न चाहन्छ । नेपाल जस्तो भूराजनीतिक संवेदनशीलतामा रहेको मुलुकप्रति चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेको छैन, नेपाल भित्रको संकटलाई कहिल्यै आफ्नो अवसरको रुपमा ठानेन । चीनले नेपाललाई सदामित्रवत व्यवहार सहकार्य गर्दै आयो । नेपाललाई चीनबाट कहिल्यै समस्या परेन । एउटा महाशक्ति भइसकेको छिमेकी राष्ट्र चीनले नेपालप्रति उच्चमित्रभाव राख्दै आएकाले नेपाललाई भारत लगायत विश्वसँग सम्बन्धराख्न र व्यवहार गर्न आत्मबल मिलेको देखिन्छ ।
नेपाल र चीनबीच औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना भएको आज ६४ वर्ष पुरा भइसकेको छ । यस बीचमा चीनले नेपालमा जे जस्ता राजनीतिक परिवर्तनहरु भए त्यसलाई नेपालको आन्तरिक मामिला र नेपाली जनताको चाहनाको रुपमा स्वीकार गर्दै सबै राजनीतिक शक्तिसँग मित्रवत व्यवहार र घनिष्ठ सम्बन्ध राख्दै आइरहेको पाइन्छ । यसका पछाडि चीनको नेपालप्रति एउटै चाहना सुरक्षा चासो देखिन्छ । नेपालको भूमि कहिल्यै पनि चीनका विरुद्ध प्रयोग नहोस् नेपाल विदेशीको सैनिक अखडा वा रणमैदान नबनोस चीनको यो चिन्ता र चासोले नेपालको हितलाई संरक्षण गरेको हुनाले नेपालले पनि चीनलाई सहयोग गर्दै आइरहेको छ । नेपाल आफ्नो भूमि दुवै छिमेकी विरुद्ध प्रयोग हुन नदिन कटिबद्ध छ । नेपालले निरन्तर रुपमा एक चीन नीतिको पक्षमा आफूलाई उभ्याउँदै ताइवान चीनको अभिन्न अंगको रुपमा स्वीकार गर्दै आएको छ भने चीनलाई विमगतमा संयुक्त राष्ट्रसंघमा विश्वले उपेक्षा गर्दा नेपाल निरन्तर रुपमा चीनलाई राष्ट्र संघमा उचित स्थान दिनु पर्ने भन्दै वकालत गर्दै आयो । चीन विरुद्ध पश्चिमा राष्ट्रहरुले मानवअधिकारको बारेमा जेनेभामा पटक पटक प्रस्ताव ल्याउँदा नेपालले त्यसका विरुद्धमा मतदान गर्दै आइरहेको छ । तर नेपालको अभिन्न भूभाग कालापानी क्षेत्रलाई चीन र भारत मिलेर हस्ताक्षर गरी भारतीय भूमिको रुपमा चीनले स्वीकार गर्नुले आफ्नो स्वार्थ पुरा भए चीन नेपाललाई वाइपास गरी भारतसँग सहकार्य गर्न तयार रहेको देखिन्छ । चीनका नेपालमा चीनको

सक्रिय (राज !) नीति

वर्तमान चीनको निरन्तर बढ्दो शक्तिको प्रभाव विश्वव्यापी रुपमा फैलिदो छ । नजिकको छिमेकी भएका नाताले चीनको बढ्दो शक्तिको प्रभावबाट नेपाल अछुतो रहन सक्दैन । नेपाल चीन र भारतका बीचमा रहेको एउटा बफर राज्यका रुपमा रहेको छ । दुई शक्ति राष्ट्रको बीचमा रहेर नेपालले विगतमा चीन र भारत दुवै राष्ट्रका तनावलाई कम गर्ने सेतुको भूमिका खेलेको इतिहास छ । चीनको बढ्दो प्रभाव दबावलाई भारतमा पर्न नदिने र भारतको हैकमवादी नीति र उसको चीन विरोधी मनोविज्ञानबाट उत्पन्न हुन सक्ने तनावलाई कम गर्न नेपाल महत्वपूर्ण भूमिका खेल्दै आएको छ । अर्थात् नेपालले ऐतिहासिक कालदेखि नै आफ्नो तटस्थ परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । अर्थात भारतसँग टाँसिएर चीन विरुद्ध लाग्ने वा चीनको दबाव र प्रभावमा परेर भारत विरुद्ध खनिने दुष्प्रयास नेपालले कहिल्यै गरेन । नेपाललाई यी दुवै राष्ट्रले आफ्नो मुठ्ठीमा पारेर एकले अर्काका विरुद्ध प्रयोग गर्ने होडबाजी निरन्तर जारी राखेका छन् । तर नेपाल यस प्रकारका अव्यवहारिक होडबाजीबाट टाढा रहँदै आएको छ । नेपालको यही तटस्थ नीतिकै कारण उसले आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा ग र्न सफल भएको छ । नेपालप्रति चीनको मुख्य चासो भनेको नेपाल कहिल्यै पनि चीन विरोधी विदेशी गठबन्धनमा फसेर (बेलायत, अमेरिका, भारत, युरोपको गठबन्धन) चीन विरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदेओस् भन्ने नै देखिन्छ । आफ्ना विरुद्ध विभिन्न शक्ति केन्द्रले नेपाललाई दिने दबाव चलखेललाई चीनले नजिकबाट प्रत्यक्ष चासोका साथ हेर्ने गरेको छ । नेपालमा चीनले विश्वास गर्दै आएको स्थायी शक्ति राजतन्त्रको अन्त्यपछि नेपालमा बदलिएको राजनीतिक संरचनाले चीनलाई गम्भीर बनाएको देखिन्छ । नेपालमा चीन विरोधी शक्तिका विरुद्ध निरन्तर जुध्दै चीनलाई साथ दिँदै आएको शक्ति भनेको राजतन्त्र हो भन्ने भ्रमका कारण चीनले विगतमा यहाँका राजनीतिक दलहरुलाई त्यति विश्वास ग र्न सकेन । बदलिएको राजनीतिक परिस्थितिसँगै चीनले नेपालका मूल धारका राजनीतिक दलहरुलाई विश्वास गरेर अगाडि बढिरहेको छ । गणतन्त्र स्थापनासँगै चीनले नेपालप्रति राख्दै आएको नीतिमा व्यापक फेरबदल गरी नेपालप्रति उसको सक्रिय नीति रहेको प्रष्ट हुन्छ । लामो समयसम्म एशियामा सुतेको बाघ झैं मानिएको चीन अब सक्रिय नेतृत्वदायी विदेश नीति अपनाएर एशिया लगायत विश्वलाई नै आफ्नो प्रभावमा राख्न चाहन्छ । नेपाल जस्तो भूराजनीतिक संवेदनशीलतामा रहेको मुलुकप्रति चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेको छैन, नेपाल भित्रको संकटलाई कहिल्यै आफ्नो अवसरको रुपमा ठानेन । चीनले नेपाललाई सदा मित्रवत व्यवहार सहकार्य गर्दै आयो । नेपाललाई चीनबाट कहिल्यै समस्या परेन । एउटा महाशक्ति भइसकेको छिमेकी राष्ट्र चीनले नेपालप्रति उच्च मित्रभाव राख्दै आएकाले नेपाललाई भारत लगायत विश्वसँग सम्बन्ध राख्न र व्यवहार गर्न आत्मबल मिलेको देखिन्छ ।
नेपाल र चीनबीच औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना भएको आज ६४ वर्ष पुरा भइसकेको छ । यस बीचमा चीनले नेपालमा जे जस्ता राजनीतिक परिवर्तनहरु भए त्यसलाई नेपालको आन्तरिक मामिला र नेपाली जनताको चाहनाको रुपमा स्वीकार गर्दै सबै राजनीतिक शक्तिसँग मित्रवत व्यवहार र घनिष्ठ सम्बन्ध राख्दै आइरहेको पाइन्छ । यसका पछाडि चीनको नेपालप्रति एउटै चाहना सुरक्षा चासो देखिन्छ । नेपालको भूमि कहिल्यै पनि चीनका विरुद्ध प्रयोग नहोस् नेपाल विदेशीको सैनिक अखडा वा रणमैदान नबनोस चीनको यो चिन्ता र चासोले नेपालको हितलाई संरक्षण गरेको हुनाले नेपालले पनि चीनलाई सहयोग गर्दै आइरहेको छ । नेपाल आफ्नो भूमि दुवै छिमेकी विरुद्ध प्रयोग हुन नदिन कटिबद्ध छ । नेपालले निरन्तर रुपमा एक चीन नीतिको पक्षमा आफूलाई उभ्याउँदै ताइवान चीनको अभिन्न अंगको रुपमा स्वीकार गर्दै आएको छ भने चीनलाई विमगतमा संयुक्त राष्ट्रसंघमा विश्वले उपेक्षा गर्दा नेपाल निरन्तर रुपमा चीनलाई राष्ट्र संघमा उचित स्थान दिनुे यो व्यवहारप्रति नपाली जनताले आक्रोश व्यक्त गरेका थिए । भारत नेपाल र चीनको बीचमा रहेको रणनैतिक महत्वको नेपालको कालापानीका बारेमा नेपाललाई थाहा नै नदिई चीन र भारतले व्यापारका लागि अन्तर्राष्ट्रिय नाकाको रुपमा प्रयोग गर्न सहमत भई हस्ताक्षर गर्नु नेपालको सार्वभौम सत्तामाथिको हस्तक्षेप हो भनी सर्वत्र आलोचना भयो र नेपालले यसबारेमा दुवै देशसँग गम्भीर असहमति जनाएको थियो । चीनले नेपालको सार्वभौमसत्ता र अखण्डताको पक्षमा निरन्तर सहयोग गर्दै आएको इतिहास छ त्यही आधारमा चीनप्रति नेपाली जनताको विश्वास र समर्थन पनि रहँदै आएको छ तर कालापानीको सवालमा चीन चुक्न गयो जसले गर्दा चीनप्रति नेपाली जनताको विश्वासमा गम्भीर आशंका पैदा हुन गयो ।
चीनले पछिल्लो चरणमा नेपालप्रतिको नीतिमा परिवर्तन गरेको पाइन्छ । गणतन्त्र स्थापनासँगै चीनले नेपालमा सुरक्षा चासो लिँदै आएको छ । सन् १९५९ मा तिब्बतबाट दलाइ लामा भागेर भारतमा शरण लिई भारतको धर्मशालामा अस्थायी तिब्बती सरकार बनाएर बसेपछि हिमालय क्षेत्रमा गडबड मच्चाउने कामको थालनी भइरहेको छ । चीनले नेपालतर्फबाट तिब्बत विरोधी गतिविधि हुन नदिन उच्च सतर्कता अपनाएको र त्यही अनुसार नेपालबाट अपपेक्षा गरेको पाइन्छ । यदि नेपालमा अस्थिरता सिर्जना भयो भने यसको प्रत्यक्ष असर तिब्बतमा पर्न सक्ने भएकाले चीनले नेपाललाई उच्च सुरक्षा महत्वका साथ हेरेको पाइन्छ । नेपालमा जस्तोसुकै सरकार होस् तर नेपालमा स्थिरता र शान्ति होस् भन्ने चिनियाँ चिन्ता उसको सुरक्षा स्वार्थसँग जोडिएको छ । यसैका कारण चीनले नेपाललाई बारम्बार तिब्बत विरोधी गतिविधि रोक्न आग्रह गर्दै आएको छ । यसका लागि उसले सरकारसँग मात्र भर नपरेर प्रत्यक्ष सेना प्रहरी र उच्च पदस्थ कर्मचारी, मिडिया, नागरिक समाज, कलाकार, बुद्धिजीवी, लेखक लगायत हरेक तह र तप्काका व्यक्तिहरुसँग प्रत्यक्ष सम्वाद र सहकार्य गर्दै आएको देखिन्छ । आफ्नो सुरक्षा चासो र चिन्तालाई पूरा गर्न चिनियाँ जनमुक्ति सेनाको नेपाल भ्रमण नेपाली सेनाको चीन भ्रमणलाई निरन्तरता दिने, प्रशिक्षण दिने, हतियार आपूर्ती तथा उपकरण उपलब्ध गराउने र नेपाली सेनालाई आधुनिकीकरण र बलियो बनाउन आर्थिक र भौतिक सहयोग गर्ने गरेको पाइन्छ । यसलाई चीनको बदलिँदो सम्बन्धको संकेतको रुपमा लिन सकिन्छ । नेपालको आर्थिक विकास र पूर्वाधार निर्माणका लागि चीनले नेपालमा लगानीलाई बढाउँदै लगेको छ । ठूलाठूला पूर्वाधार निर्माणमा लगानी तथा ठेक्कापट्टामा प्रत्यक्ष सहभागी, ठूला जलविद्युत आयोजनाको ठेक्कामा प्रतिस्पर्धा गरेर अन्य विदेशी कम्पनीलाई पछाडि पार्दै चीनले ठूला आयोजनाहरुमा हात हालेको पाइन्छ । पश्चिम सेती, थ्रि गर्जेज, एयरपोर्ट, रेल मार्ग, बाटो तथा अन्य पूर्वाधारका आयोजनामा चिनियाँ लगानी बढ्नु चीनको आर्थिक स्वार्थ आकर्षित भएको देखिन्छ । पछिल्लो चरणमा चीनले बेल्ट एण्ड रोड इनिसेटिभ (विआइआर)को नेपाल संस्थापक सदस्य भएका नाताले उसले आफ्नो देशमा आवश्यक पर्ने आयोजनाहरु यही विआइआर मार्फत प्रस्ताव गर्न र चीन सोही अनुरुप लगानी गर्न तयार रहेको बताउँदै आएको छ । नेपालको आन्तरिक मामिलामा जहिलेसुकै तटस्थ बस्दै आएको चीन गणतन्त्र स्थापनासँगै सक्रिय देखिन थालेको छ । नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, संघीयताका बारेमा नेपालका सबै राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारी, सांसद, सुरक्षा निकायका उच्च पदाधिकारीसँग चीनको बाक्लो उठबस, वार्ता सम्वाद तथा उनीहरुलाई चीनमा बोलाई आफ्नो चासो व्यक्त गरेको पाइन्छ । यसबाट चीनले पहिलाको जस्तो मौन कुटनीतिलाई छाडेको अनुभूति हुन्छ । आफ्नो सीमानासँग जोडिएका जिल्लाका सभासदलाई सम्मान गर्ने उनीहरुलाई चीन भ्रमण गराउने, सीमा क्षेत्र जोडिएका जिल्लाका परियोजनालाई लगानी गर्ने, सीमाक्षेत्रका जनतालाई विभिन्न सहयोग गर्ने जस्ता कार्यले चीनको नीतिमा परिवर्तन आएको देखिन्छ ।
चीनले अमेरिका, भारत लगायतका पश्चिमा राष्ट्रले आफूलाई घेराबन्दी गर्न थालेकोले उक्त घेरा तोड्नका लागि नेपाल पाकिस्तान, अफगानिस्तानसहितका राष्ट्रलाई साथमा लिन चाहन्छ । त्यसका लागि उसले नेपाललाई विश्वासमा लिन उच्च प्राथमिकता दिएको देखिन्छ । दोस्रो कुरा चीनले नेपाललाई दक्षिण एशिया प्रवेश गर्नेद्वारको रुपमा प्रयोग गरी यस क्षेत्रमा आफ्नो सक्रिय उपस्थिति देखाउन चाहन्छ । त्यसका लागि उसले नेपाललाई विश्वासमा लिन ठूलो आर्थिक लगानी गर्ने नीति लिएको पाइन्छ । भारतपछि नेपालमा लगानी गर्ने राष्ट्र चीन हो उसले नेपालमा २२९ भन्दा बढी परियोजना प्रत्यक्ष संचालन गरिरहेको छ । नेपालसँगको व्यापार बढाउन चीनले नेपाली वस्तुमा सुन्य भन्सार सुविधा दिएको छ । चीनको नेपालमा बढ्दो प्रभावबाट भारतले चिन्ता व्यक्त गरेको पाइन्छ ।

(लेखक : नेपाल -चीन सम्बन्धमा त्रिविमा  विद्यावारिधिका शोधार्थी हुन )